
कोरोनाको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० वटा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ । यीसहित अब देशभरका विभिन्न ३०वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार पाइने भएको छ ।