newskoseli.Com

ओलीद्वारा फेरि संसद् विघटन : कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

शुक्रबार मध्यरात बाह्र बजिसकेपछि (शनिबार बिहान) बसेको खड्ग ओली नेतृत्वको मन्त्रिपरिषदको बैठकले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्ग ओलीले शुक्रबार दर्ता गराएको दाबीमा बहुमत प्राप्त गर्ने आधार नदेखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा खारेज गरिदिएलगत्तै बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो ।

अपडेटः

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरिदिएकी छन् । शुक्रबार मध्यरात बाह्र बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गरी दुई चरणमा निर्वाचनको घोषणा गरेकी हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर