नेकपा एमाले (ओली समूह) को शनिबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ नेताहरुलाई ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको छ ।
ती नेताहरूले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी ओली समूहका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले दिए । ‘कारबाही’ स्वरुप स्पष्टीकरण सोधिएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।
सोमबार बिहानसम्म जवाफ पेस गर्न उनीहरुलाई समय दिइएको प्रवक्ता ज्ञवालीले जनाएका छन् ।