
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फेरि अर्को चरम विवादास्पद अध्यादेश जारी गरेकी छन् । नेपालको तराई क्षेत्रमा नागरिकताविही नेपालीलाई नागरिकता प्राप्तिको अवसर दिलाउने नामा जारी गरिएको अध्यादेश ‘वास्तविक नेपालीलाई नभई मूलतः भारतीयहरुलाई नेपाली नागरिकता दिलाउने’ प्रकृतिको भएको भन्दै सरोकारवाला, जानकार र देशभक्त नेपालीहरुले तीव्र आलोचना गरिरहेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) भित्रको ‘भारतीय खेमा’ का नामले चर्चित महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई आफूतिर आकर्षित गर्दै सत्ताको रक्षाकवचका रुपमा प्रयोग गरिरहेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ‘जसपाका मागहरु पूरा गरिदिएको’ प्रचार गर्दै जनताका आँखामा छारो हाल्ने उद्देश्यका साथ अध्यादेश जारी गरिएको आरोप सोही पार्टीका बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षधर नेताहरुले लगाएका छन् ।
नागरिकतासम्बन्धी यस अध्यादेशमा ‘जन्मसिद्ध नागरिकका सन्तानलाई आमा–बाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिक दिन सकिने’ व्यवस्था रहेको छ । तर, एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री ओली वास्तवमा मधेसीले उठाएअनुसार नागरिकता समस्या समाधान गर्न चाहँदैनन् भन्ने कुरा विगतमा उनैले गरेको यो भाषणबाट स्पष्टै बुझिन्छ । [हेर्नोस् याे भिडियो]
यस्तो छ अध्यादेशको पूर्णपाठ–