newskoseli.Com

ओली समूहको ‘स्थायी कमिटी’ लाई सुदूरपश्चिम संसदीय दलको लोप्पा !

एमाले ओली सूमहको ‘स्थायी कमिटी’ लाई सोही पार्टीको सुदूरपश्चिम संसदीय दलले लोप्पा ख्वाइदिएको छ । जेठ १० मा बसेको ओली समूहको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी एमाले मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो । तर, सो निर्णयपछि बुधबार बसेको सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सुदूरपश्चिम एमाले संसदीय दलको सो निर्णयपछि त्यहाँ क्रियाशील माओवादी नेतृत्वको प्रदेश सरकारको संकट टरेको छ । कोभिड– १९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय एमाले प्रदेश संसदीय दलले गरेको छ । संसदीय दलको सो बैठकमा सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका २५ सांसदमध्ये २१ जना सहभागी भई हस्ताक्षर गरेका छन् ।

एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरी सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको भागबण्डाका आधारमा सो प्रदेशमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर