संविधान ध्वस्त पार्दै प्राप्त सबै राजनीतिक उपब्धि समाप्त पार्ने गररी प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीले गरेका असंवैधानिक, अराजनीतिक एवं अनैतिक हर्कतहरूविरूद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको बिहीबार प्रारम्भिक सुनुवाई भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले ती १९ रिटलाई समेत संवैधानिक इजलासमै पठाउने आदेश दिएको छ ।
३० वटा रिटमध्ये बाँकी ११ रिट सोझै संवैधानिक इजलासमै दर्ता भएका थिए । बिहीबार प्रधानन्यायाधीशको एकल इजलासको सुनुवाइपछि अरु १९ रिट पनि त्यहीं पठाउने आदेश भएपछि अब ३० वटै रिटको सुनुवाई शुक्रबार बस्ने संवैधानिक इजलासमा हुने भएको छ ।