newskoseli.Com

ओली समूहको ‘स्थायी कमिटी’ बैठक : थप १२ नेतालाई पार्टीबाट हटाइँदै

नेकपा (एमाले) ‘स्थायी कमिटी’ का नाममा आइतबार ओली समूहको बैठक बस्‍दै छ । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी ओली समूहका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएका छन् ।

बैठकमा पार्टी विवाद र ‘स्पष्टीकरण’ सोधिएका १२ नेतालाई ‘कारबाही’ गर्नेबारे छलफल हुने बताइएको छ । यसअघि बसेको उक्त समूहको बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्यबाट ‘निष्कासन’ गरिएको दावी गरेको थियो ।

सोही बैठकले उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको थियो । आइतबार बस्ने बैठकले पछिल्लो पटक स्पष्टीकरण ‘सोधिएका’ तिनै १२ नेतालाई पार्टीबाट ‘निष्काशन’ गर्ने तयारी गरेको स्रोतले बतायो ।

अपडेटः

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको व्यस्तताका कारण र तयारी पनि नपुगेकाे भन्दै आइतबारको बैठक स्थगित भएको छ । अपराह्न ५ बजे बालुवाटारमा बोलाइएको बैठक सोमबार बिहान १० बजे बस्ने गरी स्थगित गरिएको जानकारी ओली समूहका स्थायी कमिटी सदस्य मणि थापाले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर