newskoseli.Com

नेताका टाउका गन्ने आयोगको निर्णय : ठाकुर समूहमा रूवाबासी (५१ नेता, को कता ? नामावलीसहित)

जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो निर्वाचन आयोगले सोमबार लगाइदिने भएको छ । सो विवाद निरुपणका लागि आयोगले ‘इजलास’ गठन गरेर ‘सुनुवाइ’ गर्दै आएकामा आयोगले बिहीबार निवेदक पक्ष र विपक्षीलाई एकता हुँदाका ५१ केन्द्रीय कार्यकारिणी सदस्यको परिचय खुल्ने कागजातसहित ११ साउनमा आयोगमा हाजिर हुन आदेश दिएको छ ।

आयोगले सोही दिन नै केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ । त्यसपछि विवादको छिनोफानो गर्ने भएकाले चरम अल्पमतमा रहेका महन्थ ठाकुर–राजेन्द्र महतो समूहमा रूवाबासी मच्चिएको छ भने शानदार बहुमतमा रहेको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षमा सन्तोष र खुशीयालीको वातावरण सिर्जना भएको छ ।

‘इजलास प्रमुख’ समेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले २४ असार, २०७७ मा जसपा नेपाल नामक दल दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै सनाखत गराएर निष्कर्षमा पुग्ने निर्णय लिएको हो । सोहीअनुरूप आयोगले जसपा विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता परिचयपत्रको सक्कलसहित आयोगमा उपस्थित हुन कार्यकारिणी समितिका सबैलाई आदेश दिएको हो ।

‘केन्द्रीय कार्यकारिणी समितिमा रहेका निवेदक पक्ष र विपक्षी दुवैतर्फका पदाधिकारी र सदस्यसहितलाई ११ गते पक्ष–विपक्षमा खुलेर आउनू भनेका छौं । नागरिकता वा मतदाता परिचयपत्रसहित सोही दिन नै हेड काउन्ट हुन्छ र त्यही दिन विवादको छिनोफानो हुन्छ’– आयोग स्रोतले भन्यो ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच १२ असार, २०७७ मा एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत भई जसपा बनेको थियो । ‘अहिलेसम्म दुवै पक्षबाट प्राप्त कागजातको अध्ययन भयो, कागजात हेर्दा यादव पक्ष बलियो हो कि भन्ने देखिन्छ, बाँकी टुंगो सनाखतबाटै हुने हो, कानुनी विधि र प्रक्रिया पनि त्यही हो’– आयोग स्रोतले भन्यो ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाका दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।

छलफलबाट विवादको समाधान नभएपछि कानुनीरूपमा आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रक्रिया अघि बढाएको थियो । आयोगमा जसपाको केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । त्यसमध्ये ३३ जना यादव पक्षमा र १७ जना मात्रै ठाकुर–महतोको पक्षमा देखिएका छन् भने एकजना निलम्बित अवस्थामा जेलमा छन् ।

उपेन्द्र यादवको पक्षमा को–को ?

१. उपेन्द्र यादव
२. अशोक राई
३. डा. बाबुराम भट्टराई
४. महेन्द्रराय यादव
५. राजकिशोर यादव
६. गोविन्द चौधरी
७. मृगेन्द्रकुमारसिंह यादव
८. नवलकिशोर शाह
९. अमृतादेवी अग्रहरि
१०. रामनरेशराय यादव
११. राजेन्द्रप्रसाद श्रेष्ठ
१२. नवराज सुवेदी
१३. परशुराम खापुङ
१४. युवराज कार्की
१५. रकम चेम्जोङ
१६. रेणुकमारी यादव
१७. लालबाबु राउत
१८. हिसिला यमी
१९. हेमराज राई
२०. गंगानारायण श्रेष्ठ
२१. रणध्वज कन्दङ्वा
२२. रामसहायप्रसाद यादव
२३. डम्मरुबल्लभ खतिवडा
२४. प्रकाश अधिकारी
२५. इस्तियाक राई
२६. दुर्गा सोब
२७. परशुराम बस्नेत
२८. प्रशान्त सिंह
२९. भक्तबहादुर शाह
३०. सुशीला श्रेष्ठ
३१. विजयकुमार यादव
३२. रमेशप्रसाद यादव
३३. गजाधररोहिता यादव

महन्थ ठाकुर पक्षमा को–को ?

१ं. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिलकुमार झा
५. सर्वेन्द्रनाथ शुक्ल
६. वृषेशचन्द्र लाल
७. जितेन्द्रप्रसाद सोनार
८. उमाकान्त झा
९. चन्दा चौधरी
१०. लक्ष्मणलाल कर्ण
११. मनीषकुमार सुमन
१२. राजकुमार लेखी
१३. केशवकुमार झा
१४. अकवाल अहमद शाह
१५. दानबहादुर विश्वकर्मा
१६. निर्जला राउत
१७. सुनिलकुमार झा

जेलमा

१. रेशमलाल चौधरी

जसपाभित्रको समीकरण र त्यस सम्बन्धमा निर्वाचन आयोगको पछिल्लो अपडेटसम्बन्धी यो खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर