
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी– २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार मौद्रिक नीति सार्वजनिक गरिएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
मौद्रिक नीति तयार पार्ने क्रममा सरोकारवालाबाट प्राप्त सुझावलाई ध्यान दिइएको गभर्नर अधिकारीले बताए । आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गरिएको अधिकारीले बताए । वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले शोधनान्तरमा असर पुग्न सक्ने उनले बताए ।
शोधनान्तर स्थितिमा चाप पर्न सक्ने भए पनि वैदेशिक मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा देखिन सक्ने गभर्नर अधिकारीको भनाइ छ । कर्जाको माग बढ्ने देखिएको भन्दै कर्जाको ब्याजदरमा चाप पर्ने देखिएको उनले बताए ।
यस्तो छ मौद्रिक नीति २०७८/७९ को पूर्णपाठ–