newskoseli.Com

एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने ५५ केन्द्रीय सदस्य र ३४ सांसद (नामावलीसहित)

नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठनका लागि २ भदौमा निर्वाचन आयोगमा दिइएको निवेदनअनुरूप बेग्लै पार्टीको मान्यता प्रदान गर्ने प्रयोजनका निम्ति निर्वाचन आयोगले बुधबार निवेदक सबैलाई सशरीर उपस्थित गराई सनाखत गराएको छ ।

आयोगको रेकर्डमा रहेका एमालेका कूल २०३ मध्येका ५५ केन्द्रीय सदस्यले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे । त्यसैगरी, एमालेका १५४ संघीय सांसदमध्येका २९ जनाले पनि सनाखत गरे । तलकाे सूचीमा उल्लेखित भएकाको सनाखत निर्वाचन आयोगले तोकेअनुरुप नै भएको छ । तीबाहेक पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतमा रहेकाले उनले भारतबाटै दूतावासमार्फत सनाखत गरी पठाएका छन् । दल दर्ताका लागि २ भदाैमा निवेदन दिँदा नाम समावेश भएका केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने सनाखतका लागि आयोगमा गएनन् ।

त्यस्तै २ गते निवेदन पेस गर्दा नाम र हस्ताक्षर समावेश नभएका सांसद् माया ज्ञवाली, तुलसा थापा (वामदेवपत्नी), सोमप्रसाद पाण्डेशारदादेवी भट्टले मंगलबार निवेदन दिई बुधबार आयोगमा पुगेर सनाखत समेत गरेका छन् । यी ५ मध्ये खनालकाे सनाखत आयोगले सनाखत गरिसकेको छ भने बाँकी ४ जनाकाे हकमा निर्वाचन आयोगले निर्णय लिन बाँकी नै छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर