
दसैं सकिएर कात्तिक महिना लाग्दै गर्दा मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा भित्र्याउन ठीक्क पारिएको धान डुबेर किसान मारमा परेका छन् । बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् ।
पहिरोले घर पुर्दा, घर भत्कँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लाजिल्लाबाट प्राप्त समाचारमा उल्लेख छ । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् । वर्षाले जनजीवन पनि प्रभावित भएको छ।
बाढीपहिरोका कारण विभिन्न जिल्लाका वस्ती डुबान र जोखिममा परेका छन् । बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात, विद्युत र सञ्चार सेवा समेत अवरुद्ध भएको छ । बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन् ।