newskoseli.Com

‘कमेडी क्लब’ आउन ओलीलाई कलाकारको निम्तो : ‘मिलाएर आउँला’– ओलीको जवाफ

अपदस्थ प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई कलाकारहरूले ‘मुन्द्रेको कमेडी क्लब’ मा आउन निम्तो दिएका छन् । चर्चित हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, सिनेअभिनेतृ करिश्मा मानन्धर र राष्ट्रियसभा सदस्य समेत रहेकी लोकगायिका कोमल वलीले अध्यक्ष ओलीलाई ‘कमेडी क्लब’ मा आउन निम्तो दिएका हुन् ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा बुधबार साँझ भेट गरेका कलाकारहरूले ओलीलाई त्यस्तो ‘निम्तो’ दिएका हुन् । उनीहरुले ओलीसँग चिया पिउँदै कलाक्षेत्र, हास्यव्यंग्य र राजनीति समेतबारे गफगाफमा एक घन्टा बिताए । कलाकारहरुलाई ओलीले ‘देश विकास’ बारे आफ्नो ‘भिजन’ समेत सुनाउन भ्याए ।

आफूले ‘छक्कापञ्जा’ फिल्म हेरेको भन्दै ओलीले आफू करिश्माको अभिनयको ‘प्रशंसक’ रहेको बताए । त्यसपछि करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ मा आउन ओलीलाई निम्तो दिइन् । ओलीले पनि आफू ‘मौका मिलाएर’ उक्त सोमा आउने वचन दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर