newskoseli.Com

सर्वोच्चका न्यायाधीशविरूद्ध सर्वोच्चमै मुद्धा

सर्वोच्च अदालतका न्यायाधीशरू विरूद्ध मुद्धा बोकेर केही वकिलहरू सर्वोच्च अदालतमै पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै केही दिनयता लगातार इजलास बहिष्कार गर्दै आएका न्यायाधीशविरुद्ध रिट निवेदन लिएर वकिलहरू शुक्रबार सर्वोच्च अदालत पुगेका हुन् ।

कृष्ण प्रसाईंसहितका अधिवक्ताहरु न्यायाधीशहरूका विरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतमा यतिबेला १९ न्यायाधीश बहाल छन् तर वकिलहरूले भने १५ जना न्यायाधीशविरुद्ध रिट निवेदन तयार पारी सर्वोच्च पुगेको बताइएको छ । इजलास बहिष्कार गरी मुद्दाको सुनुवाइ नगरेर सर्वसाधारण नागरिकले न्याय पाउने हक उल्लंघन भएको दावी गर्दै रिटमा परमादेश माग गरिएको स्रोतको भनाइ छ ।

न्यायाधीशविरूद्ध वकिलहरूले लगेको उक्त रिटबारे अध्ययन भइरहेको उल्लेख गर्दै निवेदन दर्ता भइनसकेको र अध्ययन सकिएपछि मात्रै दर्ता गर्ने या नगर्नेबारे टुंगो लाग्ने जानकारी सर्वोच्च प्रशासनले दिएको छ । प्रधानन्यायाधीशले बदमासी गरेको अराोप लगाउँदै उनले राजीनामा दिनुपर्ने माग गरेर १५ न्यायाधीशले केही दिनयता इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने ‘कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने’ जवाफ दिइरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर