योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण स्याङ्जा आएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पुजामा उनीहरु यहाँ आएका आचार्य बालकृष्णका भाइ डा पवमान सुवेदीले जानकारी दिए ।
स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनिहरु यहाँ आएका सुवेदीले बताए ।