newskoseli.Com

‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक

नेपाली कांग्रेस नेता लोकेश ढकालद्वारा लिखित‘नेपाली राजनीति राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको सहभागिता बढेका बेला राजनीतिमा आउन चाहने युवाका लागि सो पुस्तक उपयोगी रहेको छ ।

यहाँ आयोजित कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले पुस्तक विमोचन गर्दै राजनीतिमा प्रवेश गर्ने व्यक्तिलाई सतर्क बन्ने विषय पनि पुस्तकको अर्को संस्करणमा राख्न सुझाव दिए। “विसं २०१७ देखि २०४६ सम्म मूल्य, मान्यतामा आधारित राजनीति थियो, २०४६ सालपछि सत्ता केन्द्रित राजनीति शुरु भएकाले समस्या आएको छ, राजनीतिमा देखिएका यस्ता विकृति हटाउन राजनीतिक दल संस्थागत रुपमा विधिसम्मत तरिकाले चल्नुपर्छ” उनले बताए ।

शक्तिमा गएपछि राज्यका स्रोत दोहन गरेर आफू शक्तिशाली बन्ने प्रतिष्पर्धाले राजनीतिमा विकृति मौलाएको सुनाउनुहुँदै नेता सिंहले यस्ता कुरा सुधारका लागि लेखनमार्फत् जागरण फैल्याउन लेखक ढकाललाई सुझाव दिए ।

पूर्व मन्त्री एवं कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले कांपव ग्रेस कम्युनिष्टभन्दा यी विषयमा फरक छ भनेर जनतामा जाने अवस्था नहुँदा सबै दल उस्तै हुन् कि भन्ने देखिएको बताए । “राजनीतिक अस्थिरताको मूल कारण वर्तमान संविधान हो, संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद भन्ने शब्द लगायत २०० भन्दा बढी विरोधाभाष छन्, संविधान बनाउनुअघि जनतामा गएर सुझाव लिइयो तर ती सुझावलाई फुकाइएन, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका विषयमा जेजस्ता सुझाव जति आएपनि कायम गरेर जाने सहमति नेताहरुले गर्दा अहिलेको समस्या भएको छ, यो १२ बुँदेपछिको दुर्गति हो” उनले भने ।

संविधानसभामा ६०१ जना सभासद् भएपनि प्रमुख दलका तीनजना नेताले बसेर संविधान लेखेको सुनाउनुहुँदै सभामा काँग्रेसको प्रमुख सचेतकसमेत रहेका नेता घिमिरेले यसको समीक्षा गर्ने बेला भएको बताए ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले विगतमा कांग्रेसले लिएका नीतिका बारेमा आउँदो महाधिवेशनमा समीक्षा गर्ने बेला आएको बताए । केही वर्षपछि देशका लागि राजनीति गर्छु भन्ने तर पैसा नहुनेहरु नेपाली कांग्रसको राजनीतिबाट विस्थापित हुने समय आएकाले छिटो समीक्षा गरेर सुध्रिन उनले सुजाव दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर