newskoseli.Com

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् ।

विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताए । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गरे ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा ९माओवादी केन्द्र० का १२, नेकपा ९एकीकृत समाजवादी० का ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर