newskoseli.Com

४ ठाउँमा ४ मुख्य नेताबाट पुनर्निर्माण शुभारम्भ

भूकम्प गएको १ वर्षको स्मरण गर्दै सरकारले क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम विभिन्न ४ स्थानबाट सुरु गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनर्निर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनर्निर्माण शुभारम्भबाट गर्ने कार्यक्रम छ ।

त्यस्तै, पाटन दरबार क्षेत्रमा रहेको मणिमण्डपको पुनर्निर्माण शुभारम्भ पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् भने वंशगोपाल मन्दिर, हनुमानढोकाको पुनर्निर्माणको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुभारम्भ गर्नेछन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनर्निर्माणको शुभारम्भ गर्नेछन् ।

भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माणको कार्य सोमबार चार स्थानमा ९ बजे एकैपटक प्रधानमन्त्री तथा पार्टीका शीर्षनेताले शुभारम्भ गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

चार स्थानबाट पुनर्निर्माणको शुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताको उपस्थितिमा गत १ वर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्बिर तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर