
जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ । मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेषगरी खोप अभियान सञ्चालन हुने जनाइएको छ ।