newskoseli.Com

अध्यक्ष केपी ओलीद्वारा जिल्ला अधिवेशन उद्घाटन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उनले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गरेको हो । अध्यक्ष ओलीले राष्ट्रियताको संवद्र्धन र प्रवर्द्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिए ।

हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर