newskoseli.Com

कोरोनाबाट जोगिन माधव नेपालको अपिल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सतर्कता अपनाउन देशवासीमा अनुरोध गरेको छ । सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोमबार अपिल जारी गर्दै त्यस्तो अनुरोध गरेका हुन् ।

यस्तो छ अध्यक्ष नेपालको अपिलको पूर्णपाठ–

देशभर बढिरहेको कोरोना भाइरस संक्रमणप्रति हामी सबै समयमै सचेत हुनु जरुरी छ । पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेको छ । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सचेतहुन हार्दिक अनुरोध गर्दछु । साथै, हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा समेत निम्नानुसार गर्न/गराउनहुन हार्दिक अनुरोध सहित निर्देशित गर्दछु ।

  1. भाइरस सक्रमणहुन नदिन सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउँनहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु । हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न जस्तै–थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ ।
  2. सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागीहुने व्यवस्था गर्न/गराउन निर्देशन गरिन्छ ।
  3. संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरु कडाइका साथ पालना गर्न/गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशित गरिन्छ । साथै, धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थिगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ ।
  4. एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनुहुन हार्दिक अनुरोध गर्दछु । साथै, त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पङ्क्ति परिचालित हुन निर्देशन गरिन्छ ।

माधवकुमार नेपाल
अध्यक्ष

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर