newskoseli.Com

बाबुराम भट्टराई–उपेन्द्र यादवबीच ‘खटपट’ : बल्झियो यस्ताे ‘लफडा’

महन्थ ठाकुर–राजेन्द्र महतोहरूसँग विभाजित भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) भित्र ‘गम्भीर विवाद’ देखिएको छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदका कारण सो पार्टीमा स्पष्ट दुई गुट देखिएका छन् ।

भट्टराई पक्षधर नेताहरुले बाबुरामलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषदको अध्यक्ष बनाउनुपर्ने माग गरेका छन् । जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एउटा पद खालि छ । ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने बाबुराम पक्षधर नेताहरूको भनाइ छ ।

जसपाको विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ । यादव पक्षधर नेताहरूले भने जसपालाई अब एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन् । यतिबेला पार्टीको सम्पूर्ण कार्यकारी अधिकार यादवसँग मात्रै रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन् ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा समेत कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर