newskoseli.Com

सर्वोच्चमा अनौठो अभ्यास : फुलकोर्ट बोलाए चोलेन्द्रले, आफैंचाहिँ नबस्ने, निर्णय मान्दै हस्ताक्षर गर्ने !

राज्यका प्रमुख तीन अंगमध्ये कार्यपालिका र व्यवस्थापिकामा लामो समयदेखि देखिँदै आएको ‘तमासा’ केही महिनादेखि अर्को अंग न्यायपालिकामा समेत बल्झिइरहेको छ । यही शैलीको पछिल्लो श्रृंखला मंगलबार सर्वोच्चमा दोहोरिने भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नै पूर्ण बैठक बोलाएका हुन् । तर, सो बैठकमा उनी स्वयं भने सहभागी हुने छैनन् ।

कोरोनाभाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतका न्यायाधीश र कर्मचारीमा संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित भएर सेवा प्रभावित हुन थालेपछि सोही सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।

न्यायाधीशहरुले प्रधानन्याधीशको राजीनामा माग्दै आएका कारण प्रधानन्यायाधीश राणा भने फुलकोर्ट बैठकमा नबस्ने बताइएको छ । आफैंले बोलाएको बैठकमा आफू नबसे पनि निर्णय कार्यान्वयनका लागि भने राणाले हस्तारक्ष गर्ने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर