newskoseli.Com

मन्त्री आलेले ‘बतास’ बाट फिर्ता लिए पशुपतिको धर्मशाला

सांस्कृतिक एवं मानवीय मान्यताविपरीत तत्कालीन सरकारले ‘तारे होटल’ सञ्चालन गर्न माफिया गिरोहलाई ठेक्कामा दिएको तिलगंगास्थित पुशुपति धर्मशाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता लिएका छन् । मन्त्री आलेले बुधबार मन्त्रीस्तरीय निर्णयबाट नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिइएको बताएका हुन् ।

‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौं’, मन्त्री आलेले भनेका छन्– ‘अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।’ धर्मशाला भाडामा दिँदा मिलेमतो भएको उल्लेख गर्दै पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले उक्त सम्झौता रद्द गरी धर्मशाला फिर्ता लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन केही दिनअघि मन्त्री आलेलाई बुझाएको थियो ।

विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशालामा तारे होटल सञ्चालन गरिएको थियो । विकास कोषले निर्माण गरेको सो धर्मशाला बतास समूहले सेवाग्राहीसँग महँगो मूल्यमा लिँदै होटलका रुपमा सञ्चालन गर्दै आएको थियो ।

मन्त्री आलेले केही दिनअघि सो धर्मशालाको अनुगमन समेत गरेका थिए । धर्मशाला निर्माण गर्दा र सम्झौता भएवमोजिम शय्याको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा नियमविपरीत अन्य विभिन्न कार्यालयहरू समेत राखेको, पशुपति क्षेत्र विकास कोषको स्वीकृतिविना धर्मशालामा विभिन्न संरचनाहरु निर्माण गरेको जस्ता बदमासी भएको पाइएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर