newskoseli.Com

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक्षिण अमेरिकी राष्ट्र पेरुको दक्षिणी भूभागस्थित एन्डिज पर्वतशृङ्खला नजिकैको एरक्वेपा क्षेत्रमा पर्ने मोलेन्डो सहरमा ३ डिसेम्बर, १९३४ मा जन्मेका गोञ्जालोले सन् १९९२ देखि आजीवन कारावासको सजाय भोगिरहेका थिए । र, कारावासकै क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।

गोञ्जालो उपनामले संसारभर चर्चित उनको औपचारिक नाम भने डा. अबिमाइल गुज्मान रेनोसो हो । जेलभित्रै गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनलाई जुलाई, २०२१ मा अस्पताल लगिएको थियो । अस्पतालमै समेत प्रहरीको निकै ठूलो समूहले गोञ्जालोको निगरानी गरिरहेको थियो । अन्ततः स्वास्थ्यमा सुधार आउन सकेन र सोही अस्पतालमा उनको निधन भयो ।

गोञ्जालोले बाल्यकालमै आमा गुमाए । धनाढ्य व्यापारी उनका बाबुले नै छोरालाई हुर्काए, बढाए र पढाएका कारण गोञ्जालोले आमाको अभाव धेरै महसुस गर्नु परेन । फेब्रुअरी, १९६४ मा अगस्टा ला टोरेसँग गोञ्जालोको विवाह भयो । विवाहको २६ वर्षपछि १९९० मा उनकी श्रीमती अगस्टाको मृत्यु भयो ।

निजी क्याथोलिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका उनले एरक्वेपास्थित सेन्ट अगस्टिन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे । त्यहीं उनले जर्मन दार्शनिक इम्यानुअल कान्टबारे थेसिस गरी सन् १९६१ मा विद्यावारिधि गरे । विश्वविद्यालयको पढाइकै क्रममा उनी मार्क्सवादप्रति आकर्षित भए । १९६२ देखि १९७४ सम्म उनले आयाकुचोस्थित सान क्रिस्ट्रोल अफ हुवामान्गा राष्ट्रिय विश्वविद्यालयमा दर्शनशास्त्रको प्रोफेसरका रूपमा प्राध्यापन गरे ।

१९६५ मा चीनको भ्रमण गरेका उनी माओ त्से तुङसँग भेट भएपछि निकै प्रभावित भएर पेरु फर्किए । त्यसपछि भने डा. अबिमाइल कम्युनिस्ट विचार राख्नेहरूसँग निकै नजिक भए । १९६६ मा पेरु कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका गोञ्जालो १९७५ मा अध्यक्ष बने । पुँजीवादी राज्यसत्ताको अन्त्य गरेर नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादतर्फ मुलुकलाई अगाडि बढाउने उद्देश्यका साथ पेरुमा १९८१ देखि दीर्घकालीन सशस्त्र जनयुद्ध सञ्चालित थियो ।

लेखक

नेपालबाट हवाई दूरीमै करिव १७ हजार किलोमिटर टाढा, पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित ल्याटिन अमेरिकी मुलुकका सइनिङ पाथ, गोञ्जालो र उनका सहकर्मीसँग नेपालीको भावना निकै नै आत्मीय र निकट छ । वि.सं. २०५२ मा नेपालमा सशस्त्र जनयुद्ध सुरु गर्दा नेकपा (माओवादी) ले समेत गोञ्जालो र साइनिङ पाथलाई आदर्श एवम् प्रेरणाको स्रोत मानेको थियो । माओवाद/विचारधारा मान्ने नेपालका सबै र संसारभरकै कम्युनिस्टहरू साइनिङ पाथ र गोञ्जालोलाई प्रेरणापुञ्ज मान्दछन् । यसैकारण पेरु, साइनिङपाथ र गोञ्जालो इतिहासमा स्वर्णाक्षरले अङ्कित छन्; तीबारे नेपालमा र संसारभर थुप्रै लेखरचना, साहित्य र गीत–सङ्गीत समेत सिर्जना गरिएका छन् ।

गोञ्जालोकै नेतृत्वमा अगाडि बढेको उक्त विद्रोहका क्रममा करिव ७० हजार मानिस मारिए । करिव १० हजार सशस्त्र विद्रोही सेनाका सहयोगमा राजधानी लिमाबाहेक पेरुको असी प्रतिशतभन्दा बढी भूभागमा कब्जा जमाएर साइनिङ पाथले आफ्नै सत्ता चलाउन थालिसकेको थियो । अल्बेर्टो फुजिमोरी नेतृत्वको पेरुभियन सरकार पराजयको मानसिकतामा पुगेर घुँडा टेक्ने सुरसार गरिसकेको थियो ।

तर, पेरुको जनयुद्ध दबाउन र कम्युनिस्ट सत्ता स्थापित हुन नदिन अमेरिकाले फुजिमोरी सरकारलाई पूरै शक्तिका साथ सघाइरहेको थियो । परिणामतः अमेरिकी खुफिया एजेन्सी सीआईएको सहयोगमा १९९२ मा गोञ्जालोसहित कम्युनिस्ट पार्टीका अधिकाङ्श नेताहरू पक्राउ परे ।

सीआईएको सहयोगमा पेरुको गुप्तचर निकायले राजधानी लिमास्थित डान्स स्टुडियोबाट गोञ्जालोसहितका नेताहरूलाई पक्राउ गर्‍यो । सो स्टुडियो अवस्थित अपार्टमेन्टको माथिल्लो तलामा बस्ने मारिट्जा गेर्रिडो लेक्का नामकी चर्चित डान्सरले गोञ्जालोलाई भूमिगतरूपले सुरक्षित राखेकी थिइन् । त्यहीं बसेर टिभीमा बक्सिङ हेरिरहेका गोञ्जालो र अरु केही नेताहरू समेतलाई प्रहरीले अकस्मात पक्राउ गर्‍यो ।

गोञ्जालोले साइनिङ पाथकी नेतृ एलेनासँग २०१० मा जेलमै दोस्रो विवाह गरे । ७५ वर्षे गोञ्जालो र ६५ वर्षिया एलेनाबीच कारावासमै विवाह भयो । उनीहरू २००७ मै विवाह गर्न चाहन्थे तर प्रशासनले अनुमति दिएन । विवाहका लागि उनीहरूले जेलमै सङ्घर्ष गरे र अनसन समेत बसे । गोञ्जालो–एलेना भोक हड्तालमा उत्रिएपछि उनीहरूलाई विवाहको अनुमिति दिन राष्ट्रपति एलन ग्रासिया बाध्य भए ।

‘आतङ्कवाद’ र ‘देशद्रोह’ को अभियोग लगाएर गोञ्जालोसहितका कम्युनिस्ट नेताहरूलाई आजीवन कारावासको सजाय सुनाइयो । नेताहरूको पक्राउपछि विद्रोही पक्षमा निकै ठूलो क्षति पुग्यो । पेरु कम्युनिस्ट पार्टी र सङ्गठन पनि निकै कमजोर भयो । यद्यपि उक्त पार्टीका अरु नेता–कार्यकर्ताहरूले पुँजीवादी सत्ताविरुद्धको सङ्घर्ष आजसम्म पनि सक्रियतापूर्वक जारी नै राखेका छन् ।

नेपालबाट हवाई दूरीमै करिव १७ हजार किलोमिटर टाढा, पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित ल्याटिन अमेरिकी मुलुकका सइनिङ पाथ, गोञ्जालो र उनका सहकर्मीसँग नेपालीको भावना निकै नै आत्मीय र निकट छ । वि.सं. २०५२ मा नेपालमा सशस्त्र जनयुद्ध सुरु गर्दा नेकपा (माओवादी) ले समेत गोञ्जालो र साइनिङ पाथलाई आदर्श एवम् प्रेरणाको स्रोत मानेको थियो ।

माओवाद/विचारधारा मान्ने नेपालका सबै र संसारभरकै कम्युनिस्टहरू साइनिङ पाथ र गोञ्जालोलाई प्रेरणापुञ्ज मान्दछन् । यसैकारण पेरु, साइनिङपाथ र गोञ्जालो इतिहासमा स्वर्णाक्षरले अङ्कित छन्; तीबारे नेपालमा र संसारभर थुप्रै लेखरचना, साहित्य र गीत–सङ्गीत समेत सिर्जना गरिएका छन् । [होलिस्टिक– अंक १८ बाट]

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर