newskoseli.Com

‘पूर्वमाओवादी’ एमालेहरू असन्तुष्ट : सामूहिक राजीनामा दिने तयारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा रहेका ‘पूर्वमाओवादी’ नेताहरु उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । समुचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै ‘पूर्वमाओवादी’ नेताहरूले अध्यक्ष खड्ग ओलीसमक्ष समेत असन्तुष्टि जाहेर गरिसकेका छन् ।

अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेमा आ–आफ्नो पदबाटै सामूहिक राजीनामा दिने मनस्थितिमा ‘पूर्वमाओवादी’ नेताहरु पुगिसकेका छन् । यद्यपि, तत्कालै एमाले भने छाडिनहाल्ने उनीहरूको निष्कर्ष छ । एमालेको १०औं महाधिवेशनबाट पदाधिकारी तथा स्थायी कमिटीमा निर्वाचित ती नेताहरू आफ्ना कुरा नेतृत्वले नसुनेमा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन, दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रम समेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई ‘सो–पिस’ का रूपमा मात्रै राखिएको छ । यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो’– असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।

तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिनेमा सबै ‘पूर्वमाओवादी’ एकमत भएका छन् । ‘अध्यक्ष ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं, अध्यक्षसँग अब हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं’– असन्तुष्ट ती पदाधिकारीले भनेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर