newskoseli.Com

‘एमाले प्रवेश गर्ने’ प्रचारबाजीको प्रकाण्डद्वारा खण्डन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफू खड्ग ओली समूह (एमाले) प्रवेश गर्ने भन्दै केही सञ्चार माध्यमहरुमा आएका खबरको खण्डन गरेका छन् । त्यस्तो हल्ला ‘साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार’ मात्र भएको भन्दै त्यस प्रकारका समाचारबाट भ्रमित नहुन उनले आग्रह गरेका छन् ।

‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो, यो सोच्न पनि सकिँदैन,’ प्रकाण्डले भनेका छन्– ‘नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएका साम्राज्यवादी तथा दलाल पुँजीवादीका एजेन्टहरूको कुप्रचार मात्र भएकाले यस्तो कुप्रचार गर्ने दलालहरूलाई जनताले कारबाही गर्ने चेतावनी दिन चाहन्छु ।’

‘साम्राज्यवादी तथा दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचारको भ्रममा नपर्न नेपाली जनता, कार्यकर्ता र पार्टीपङ्क्तिमा आग्रह गर्दछु,’ प्रकाण्डले भनेका छन्– ‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु ।’

‘प्रकाण्ड एमाले प्रवेश गर्दै’ भन्ने भ्रमपूर्ण समाचार केही अनलाइनहरूले प्रकाशित गरेको भन्दै त्यस्ता भ्रमपूर्ण समाचार प्रकाशित गर्ने मिडिया र पत्रकारलाई यस्तो खालको पत्रकारिता नगर्न चेतवानीका साथ सचेत गराउँदा गराउँदै पनि नसुध्रिएमा जनताले कारबाही गर्ने ‘चेतावनी’ समेत प्रकाण्डले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर