newskoseli.Com

समाजवादी केन्द्रका प्रवक्ताले दिए राजीनामा

समाजवादी केन्द्र नेपाल पार्टीका केन्द्रीय सचिवालयका सचिव, पार्टी प्रवक्ता एवं बारा जिल्ला इन्चार्ज सन्जय तिमल्सिनाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । कुनै सांगठनिक एवं राजनीतिक कारण उल्लेख नगरी व्यक्तिगत कारण दर्शाएर अध्यक्षलाई सम्बोधन गर्दै तिमल्सिनाले राजीनामा दिएका हुन् ।

‘स्थापनाकालदेखि नै विभिन्न समयमा विभिन्न पदमा रही व्यक्तिगत स्वार्थबाट टाढा रहेर पार्टीको स्वार्थका लागि कार्य गर्दै आइरहेको छु र हाल पार्टीमा सचिवालय सचिव तथा प्रवक्ता पदमा जिम्मेवारी समालिरहेको छु,’ राजीनामापत्रमा तिमल्सिनाले लेखेका छन्– ‘आफ्नो अध्ययनकार्यलाई अगाडि बढाउनुपर्ने र पार्टीमा पर्याप्त समय दिन नसक्ने तथा पार्टीका कामलाई थप सक्रियरुपमा अगाडि बढाउन असमर्थ रहेकाले आजकै मितिबाट समाजवादी केन्द्र नेपाल पार्टीको सचिवालय सचिव, प्रवक्तालगायत जिल्ला इन्चार्ज पदबाट समेत राजीनामा दिएको छु ।’

निर्वाचन आयोगमा दल दर्ता नम्बर १६९ रहेको सो पार्टीले ‘मयूर’ चुनाव चिह्न पाएको छ ।

यस्तो छ तिमल्सिनाको राजीनामापत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर