newskoseli.Com

माओवादीका मेयर र एमालेकी उपाध्यक्ष पार्टीबाट ‘निष्काशित’

नेकपा माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिकाको प्रमुख जितेका दिलिप बगडियालाई सो पार्टीले १५ फागुनमै पार्टीबाट निष्काशन गरिसकेको छ । एमाले अध्यक्ष खड्ग ओलीले बुधबार त्यहीं पुगेर बगडियालाई पार्टी प्रवेश गराउने भएका छन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा ‘जनसभा’ नै राखेको छ र सोही सभामा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जानकारी एमालेका मोरङ सचिव रुपेश खतिवडाले दिएका छन् । उनलाई

उता, एमालेबाट वैतडीको शिवनाथ गाउँपालिकाको उपाध्यक्ष जितेकी कुश्मा चन्दले एमाले परित्याग गरिदिएकी छन् । पार्टी छाडेको लामै समयपछि उनलाई एमालेले ‘कारबाही’ गरेको छ । एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी चन्दलाई पार्टीबाट निष्काशन गरेको बताएका छ ।

एमाले वैतडीले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष चन्दले राष्ट्रियसभाको निर्वाचनमा ‘अन्तर्घात’ गरेकाले ‘कारबाही गरिएको’ उल्लेख छ । माघ १२ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले ‘अन्तर्घात’ गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले छानविन गरी कारबाही गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो ।

‘पार्टीको निर्देशनवमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति–नेतृत्वविरुद्ध अभिव्यक्ति दिने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ,’ जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ– ‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर