newskoseli.Com

स्थानीय चुनावमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ?

आसन्न स्थानीय निर्वाचनमा कुन–कुन तह र पदका उम्मेदवारले के–कति खर्च गर्न पाउने भन्ने सम्बन्धमा निर्वाचन आयोगले सीमा निर्धारण गरिदिएको छ । प्रमुख भनिएका राजनीतिक दलका प्रतिनिधिहरूसँग शुक्रबार गरेको छलफलमा आयोगले खर्च सीमाबारे जानकारी गराएको हो ।

महानगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । महानगरपालिकाअन्तर्गतका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले अधिकतम ३ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने आयोगको सीमा छ । उपमहानगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारहरूले अधिकतम ५ लाख ५० हजार रूपैयाँ र वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले २ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।

नगरपालिकाको मेयर–उपमेयरका उम्मेदवारहरूले अधिकतम ४ लाख ५० हजार रूपैयाँ र वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले २ लाख रूपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका उम्मेदवारहरूले अधिकतम ३ लाख ५० हजार रूपैयाँ र वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले १ लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूले ५० हजार रूपैयाँसम्म र सदस्यका उम्मेदवारहरूले २५ हजार रूपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले निर्धारण गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर