
वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । बिहीबार नेपाल राजपत्रमा प्रकाशन भएसँगै आचारसंहिता जारी भएको हो ।
यस पटकको आचारसंहिताले प्रचारप्रसार र चुनावसम्बन्धी विभिन्न क्रियाकलाप तथा सरकारी निकाय एवं उम्मेदवारहरूलाई विगतमा भन्दा केही बढ्ता कडाइ गरेको छ । ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २०७८ चैत ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ,’ ‘आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्– ‘आगामी स्थानीय तह निर्वाचन, २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’
यस्तो छ आचारसंहिताको पूर्णपाठ–