newskoseli.Com

उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते : स्थानीय निर्वाचन तालिका

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन भिड्ने उम्मेदवारहरुले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले शुक्रबार पारित गरेको निर्वाचन कार्यक्रम तालिकाअनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गरी २ दिन छुट्याइएको हो ।

उजरी दर्तापछि त्यसको जाँचबुझ र दावी विरोधको प्रक्रिया पूरा गरेपछि वैशाख १५ मा उम्मेदवारको नाम सार्वजनिक गरिने भएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सक्ने छन् । त्यसलगत्तै १६ गते साँझ नै ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।

अन्तिम उम्मेदवारहरुले १७ गते चुनाव चिह्न पाउने छन् । वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदानको ४८ घन्टाअघि (वैशाख २७ गते मध्यरात) देखि मौन अवधि लागू हुनेछ ।

यस्तो छ निर्वाचन आयोगको कार्यतालिका–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर