newskoseli.Com

‘झगडिया’ ज्वाइँ–जेठानबीच एकै पदमा फेरि चुनावी भिडन्त !

२०७४ मा सम्पन्न अघिल्लो स्थानीय चुनावमा एकै पदमा प्रतिस्पर्धा गरेर झगडा मच्चाउँदै अदालतसम्म पुगेर स्थानीयवासीबाट ‘झगडिया ज्वाइँ–जेठान’ को उपाधि पाएका कांग्रेस र एमालेका कार्यकर्ताबीच यसपटक पनि एउटै पदमा फेरि चुनावी भिडन्त हुने भएको छ। बडिमालिका नगरपालिका– २, बाजुराको वडाध्यक्ष पदमा ज्वाइँ–जेठानबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

ज्वाइँ डम्मरबहादुर महत एमाले र जेठान गोपालबहादुर कार्की कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २०७४ को स्थानीय चुनावमा कार्की जम्मा ६ मत कभ भएर (२३६ मतका साथ) पराजित भएका थिए भने महत २४२ मत पाएर विजयी भएका थिए । यसपटक उक्त वडामा ८०२ जना मतदाता छन् ।

२०७४ को स्थानीय चुनावमा चर्किएको ज्वाइँ–जेठान बीचको झगडा मुद्दाको स्वरूप लिएर उच्च अदालत दिपायलसम्म पुगेको थियो । कार्कीले पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले सो मुद्दा खारेज गरिदिएको थियो । कार्की कांग्रेस बडिमालिका नगर सभापति हुन् भने महत एमालेको जिल्ला कमिटी सदस्यसहित बडिमालिका नगर इन्चार्ज हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर