newskoseli.Com

चुनावी प्रतिस्पर्धामा उत्रने जनप्रजातान्त्रिक पार्टीको घोषणा

जनप्रजातान्त्रिक पार्टी नेपाल आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रने जनाएकाे छ । पार्टी कार्यालय बुढानीलकण्ठमा आयोजित एक कार्यक्रमबीच साे पार्टीले चुनावी मैदानमा उत्रने घोषणा गरेको हो ।

नेपालका ७ प्रदेशमध्ये प्रदेश– १ देखि प्रदेश ५ सम्म पार्टीको राम्रो प्रभाव रहेको तथा प्रदेश– ६ र ७ मा पनि प्रभाव बढाउने काम भइरहेकाे भन्दै आगामी निर्वाचनमा प्रतिस्पर्धामा उत्रने पार्टी अध्यक्ष तेजबहादुर बस्नेतले बताए । आफ्नो नेतृत्वसहितको झन्डा लिएर अग्रमोर्चामा खट्ने भन्दै उमेरमा जेष्ठ नागरिकको सूचीमा पर्न सक्ने भए पनि आफूमा जोस–जाँगरकाे कमी नभएको भन्दै नेपाली जनताको साथ र सहयोगको अध्यक्ष बस्नेतले अपेक्षा गरे ।

पार्टीका बरिष्ठ नेता ज्ञानबहादुर तामाङले पुँजीवाद र जनवादविरुद्ध जनप्रजातान्त्रिक पार्टी नेपाल प्रतिस्पर्धामा होमिने तयारी गरेको जनाए । विगतका दिनहरुमा सरकार चलाउनेहरुबाट नेपाली जनताले आशा गरेको कुरा केही पनि प्राप्त नभएको उल्लेख गर्दै नेता तामाङले भने, ‘वि.सं. २०६४ सालको जनआन्दोलन यता थुप्रै पार्टीहरु गठन भए, तिनीहरु सत्तामा पनि पुगे । तर उनीहरु जनताका लागि नभएर आफ्नै परिवार र सन्तानका लागि मात्रै सत्तामा पुगेको स्पष्ट देखिन्छ ।’

जनताका छोराछोरीले खाडीमा गएर खुन पसिना एक गरी कमाएको पैसाबाट भित्रिएको रेमिट्यान्सबाट चलेको सरकारले जनताको पीर मर्म कहिल्यै नबुझेको उनको आरोप छ । नेता तामाङले चर्चित धर्मग्रन्ध ‘महाभारत’ र ‘श्रीमत् भागवत’को प्रशंग जोड्दै हृरण्य कस्युपको अन्त्य गर्न बाल प्रल्हादभक्त जन्मीएको प्रशंगको चर्चा गर्दै नेपाली जनताले जहिले पनि दास बन्नुपरेकाले पीडित, पिछडिएका र अति निमुखा सर्वहारा वर्गलाई समेट्ने गरी जन प्रजनतान्त्रिक पार्टी नेपाल खडा गरिएको उल्लेख गरे ।

त्यस्तै पार्टीका महासचिव कर्म लामा (पईन)ले नेपाली जनताले खोजेको आमूल परिवर्तन र सर्वहारा बर्गलाई माथी उठाउन यस जन प्रजातान्त्रिक पार्टी नेपाल आवश्यक रहेको औल्याए ।

कोषाध्यक्ष संगीता पार्हनले सत्तामा बस्नेहरु भ्रष्ट बन्दै गएको भन्दै उनीहरुका मनोमानीका कारण नेपाली जनता ‘सधैं कुवाको भ्यागुता जस्तै’ बन्न बाध्य भएको उल्लेख गरिन् । आगामी निर्वाचनमा गरीब, शोसित, पीडित र पिछडिएका वर्गलाई समेटेर जनतामाझ जाने उल्लेख गरिन् ।

पूर्व प्रजातान्त्रिक पत्रकार रुद्र बहादुर महराले यस जन प्रजातान्त्रिक पार्टी नेपालले गरिब, निमुखा र पिछडिएका वर्गको आवाजलाई बुलन्द गर्ने खोजेकाले त्यसमा ऐक्यवद्धता कायम गर्ने जनाए । उनले ‘कुखुरा खान पल्केको स्यालको टाउकोमा लठ्ठीले नबजारेसम्म नचेत्ने’ भनाईलाई उद्दृत गर्दै नेपालमा पनि अहिले सत्तामा रहेका राजनीतिक दलहरुबाट स्यालकै जस्तो हर्कत भएकोप्रति दुःख व्यक्त गरे । यदि पार्टीले स्यालको टाउकोमा लठ्ठीले हिर्काएर जनतालाई सुखी र खुशी तुल्याउने आँट गरेमा आफ्नो पूर्ण समर्थन हुने बताए ।

त्यस्तै सचिव दिपक बस्नेतले आगामी प्रदेश, संसदको निर्वाचनमा ईमान्दारीपूर्वक उम्मेदवारी दिने भन्दै पीछडिएका वर्गहरुको हितका लागि पनि लडेको उदाहरण बन्ने स्पष्ट पारे । कार्यक्रमको उद्घाटन ज्ञान बहादुर तामाङ्गले गरेका थिए ।

यस जन प्रजातान्त्रिक पार्टी नेपालले संविधान सभा निर्वाचन २०७४ मा भाग लिएको थियो । जतिबेला प्रत्यक्षतर्फ कुल १,३१८ मत र समानुपातिक तर्फ ८,६४५ मत प्राप्त गरेको थियो । यस पार्टीको चुनाव चिन्ह गैडा थियो । यस पटक पनि जन प्रजातान्त्रिक पार्टी पुनः निर्वाचनमा होमिने जनाएकाे छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर