newskoseli.Com

माओवादी केन्द्रले छान्यो पदाधिकारी टिम (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र) को ११–१८ पुस, २०७८ मा सम्पन्न आठौं महाधिवेशनको हलबाट चुनिनुपर्ने केन्द्रीय पदाधिकारीको टिमले झन्डै ८ महिनापछि शनिबार (४ भदौ, २०७९) मा मात्र पूर्णता पाएको छ । महाधिवेशनपछि तीन चरणमा गरी केन्द्रीय पदाधिकारी टिमले पूर्णता पाएको हो ।

महाधिवेशनले केन्द्रीय सदस्यका रुपमा चयन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १९ पुसमा बसेको पहिले केन्द्रीय समितिको बैठकले पहिलाे चरणमा अध्यक्ष चयन गरेको थियो । त्यसपछि लामो समयसम्म अरू पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत गठन हुन सकेका थिएनन् भने ठूलो संख्याका केन्द्रीय सदस्यहरूको समेत टुंगो लाग्न बाँकी नै थियो ।

२३ असारमा केन्द्रीय कमिटीलाई पूर्णता दिने, स्थायी समितिले पूर्णता नपाए पनि पूर्व स्थायी समितिमा रहेका सबैलाई वर्तमान स्थायी समिति सदस्य घोषित गर्ने, पोलिटब्युरो सदस्यहरू चयन गर्ने र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष तथा कृष्णबहादुर महरालाई उपाध्यक्षमा प्रस्तावित गर्ने काम दाेस्राे चरणमा भएको थियो । यद्यपि औपचारिक निर्णयद्वारा श्रेष्ठ र महराको पदास्थापन गरी घोषणा गर्ने काम समेत बाँकी नै थियो ।

पछिल्लो पटक बुधबारदेखि दिनहुँ बसेको स्थायी समितिको बैठककै सिलसिलामा शनिबार माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टिमलाई तेस्राे चरणमा पूर्णता दिएको छ । यसअघि १५ सदस्यीय हुने भनिएको पदाधिकारी टिम अब २१ सदस्यीय बनेको छ ।

यस्तो छ माओवादी केन्द्रको पदाधिकारी टिम

अध्यक्ष– पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष– नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष– कृष्णबहादुर महरा
महासचिव– देवप्रसाद गुरूङ

उपमहासचिवहरु
गिरिराजमणि पोखरेल
वर्षमान पुन
हरिबोलप्रसाद गजुरेल
पम्फा भुसाल
जनार्दन शर्मा
शक्तिबहादुर बस्नेत
मातृकाप्रसाद यादव

सचिवहरु
दिनानाथ शर्मा
चक्रपाणि खनाल
देवेन्द्र पौडेल
लीलामणि पोख्रेल
गणेश साह
हितमान शाक्य
हितराज पाण्डे
डिलाराम आचार्य
सुरेन्द्र (राम) कार्की

कोषाध्यक्ष– श्रीराम ढकाल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर