newskoseli.Com

गठबन्धनको सकस : सिट १६५, दाबी २२७ !

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् ।

उनीहरूले दाबी गरेको कूल सिट संख्या २ सय २७ पुग्छ; जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित हुने सिट संख्या १ सय ६५ मात्रै छ । कार्यदलका एक सदस्यका अनुसार कुन निर्वाचन क्षेत्रमा कुन दलको अवस्था कस्तो छ भन्नेबारे मत विश्लेषण समेत सुरु भएको छ ।

‘कुन क्षेत्रमा कसको कस्तो अवस्था छ भनेर सामान्यतः छलफल भएको छ । अब केही गृहकार्य आवश्यक छ, शुक्रबार ४ बजे पुनः बैठक बसेर टुंगोमा पुग्छौं’– कार्यदलका ती सदस्यले भने ।

बिहीबार बिहान बसेको गठबन्धन बैठकले शुक्रबारसम्ममा कार्यदललाई संघ र प्रदेशका निर्वाचन क्षेत्रमा दलको अवस्था विश्लेषण गर्ने जिम्मेवारी दिएको छ । गठबन्धनले दिएको जिम्मेवारीअनुसार प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रको समीक्षा भइरहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘दलहरूबाट खुलस्त दाबी प्रस्तुत भएको छ, हामी त्यसलाई न्यायसंगत ढंगले टुंगोमा पुर्‍याउँछौं’– सञ्चारमन्त्री कार्कीले भनेको खबर कुलचन्द्र न्यौपानेको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

तस्बिरः इकान्तिपुर

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर