newskoseli.Com

समानुपातिकमा माओवादीबाट क–कसले पाइसके अवसर ? (नामावलीसहित)

अन्तरिम संविधान जारी भएर २०६४ मा सम्पन्न भएको पहिलो संविधानसभायता केन्द्रीय संसदमा दुई किसिमबाट प्रतिनिधि चयन भएर आउने गरेका छन्– पहिलो हुने निर्वाचित हुने र दलले पाएको मतका आधारमा समानुपातिकरूपमा चयन गरिने ।

२०७२ मा ‘नयाँ’ संविधान जारी भएयता पनि त्यो क्रम जारी नै छ । २०७४ यता त प्रतिनिधिसभामा मात्र नभई प्रदेशसभामा समेत प्रत्यक्ष निर्वाचित एवम्र समानुपातिक दुवै विधिबाट प्रतिनिधिहरू चयन हुँदै आएका छन् ।

४ मंसिर, २०७९ मा एकैसाथ र एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने भएको छ । मंसिरमा हुने चुनाव ‘नयाँ’ संविधान जारी भएयताको दोस्रो चुनाव हो ।

लाखौंलाख जनता, हजारौं कार्यकर्ता र सयौं नेताको त्याग, मेहनत र बुद्धि–विवेकका आधारमा कुनै पनि दलले हजारौं हजार मत प्राप्त गर्ने गरेको हो । पहिलो हुने निर्वाचित हुने अर्थात प्रत्यक्ष निर्वाचित हुने क्षेत्रमा त उम्मेदवारको व्यक्तित्व र लोकप्रियताको समेत धेरथोर प्रभाव र भूमिका हुन्छ तर समानुपातिक मतचाहिँ दलकै लोकप्रियता र बलबुतामा मात्रै प्राप्त हुने हो ।

यस्तो मतका आधारमा चयन हुने ‘माननीय’ को स्थानमा पार्टीभित्र कब्जा जमाउन सफल भएका सीमित ‘सम्भ्रान्त’, ‘पहुँचवाला’ र‘ शक्तिशाली’ हरूले नाजायज लाभ लिने गरेको जनगुनासो बढ्दै जान थालेको छ । अझ समानुपातिक जस्तो ‘कोटा’ मा एकै व्यक्तिले पटक–पटक दोहोर्‍याएर समेत अवसर लिने गरेका छन् । यस्तो रवैयाप्रति भने दलभित्रै चर्को विरोध र असन्तुष्टि देखिन्छ, जुन स्वाभाविक पनि हाे ।

सामान्य न्यायका हिसाबले पनि अस्वाभाविक, असंगत र अपाच्य हुने यस्ता गतिविधि आसन्न चुनावमा भने नदोहोर्‍याउने घोषणा कांग्रेस र एमालेले गरिसकेका छन् । माओवादी केन्द्र भने यो मामिलामा अझैसम्म पनि मौन नै छ । यसै सन्दर्भमा माओवादीका तर्फबाट यसअघि नै समानुपातिक कोटाको लाभ पाइसकेकाहरूको नामावली यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभा, २०७४ मा

  1. बोधमाया यादव
  2. अञ्जना विशंखे
  3. दुर्गा विक
  4. जयपुरी घर्तीमगर
  5. शशि श्रेष्ठ
  6. ओनसरी घर्ती मगर
  7. यशोदा गुरुङ सुवेदी
  8. अमृता थापा
  9. चुडामणि खड्का
  10. रेखा शर्मा
  11. पूर्णकुमारी सुवेदी
  12. धर्मशिला चापागाईं
  13. दिल कुमारी
  14. रामकुमारी चौधरी
  15. इन्दु शर्मा
  16. सत्या पहाडी
  17. चाँदतारा कुमारी

संविधासभा, २०७० मा

  1. अजयशंकर नायक
  2. अन्जना चौधरी
  3. अनिताकुमारी परियार
  4. अमनलाल मोदी
  5. आशा कोइराला
  6. ओङ्दी शेर्पा
  7. कर्णबहादुर विश्वकर्मा
  8. कमला दोङ
  9. केशरी घर्तीमगर
  10. कृष्ण धिताल
  11. गोपाल गिरी
  12. गोमा कुँवर
  13. जानकीकुमारी साउद रावल
  14. जेबी टुहुरे
  15. डोरप्रसाद उपाध्याय
  16. तुलसा राना
  17. तेजकुमारी पौडेल
  18. दलजित श्रीपाली विश्वकर्मा
  19. दिलमाया धामी
  20. दुर्गा खुना
  21. दुलारी हरिजन
  22. धनमाया विश्वकर्मा
  23. धना पहरी
  24. धनिराम पौडेल
  25. पुनाराम थापा
  26. प्रतिक्षा तिवारी मुखिया
  27. फुलझरी देवी
  28. भक्तिप्रसाद पाण्डे
  29. भेषकुमारी राउत
  30. मोहन टुडु
  31. मोहम्मदजाकिर हुसेन
  32. योगेन्द्र तामाङ घिसिङ
  33. रविन्द्रप्रताप साह
  34. राधिका तामाङ
  35. राम (सुरेन्द्र)कार्की
  36. रामनारायण विडारी
  37. रामसिंह यादव
  38. रुपा मर्हजन
  39. रेखा शर्मा
  40. ललितकुमारी रेग्मी
  41. लालबहादुर गुरुङ
  42. लालेन्द्रकुमार मण्डल
  43. सन्तकुमार दरै
  44. सिर्जना तरामु खत्री
  45. सिता नेपाली
  46. सूर्यप्रकाश वाला राई
  47. सुरेन्द्रप्रसाद जयसवाल
  48. सोनिया यादव
  49. श्रीप्रसाद जवेगु
  50. हरिलाल ज्ञवाली

संविधानसभा, २०६४ मा

  1. अमृता थापामगर
  2. अशोककुमार रोकाया क्षेत्री
  3. आङदावा शेर्पा
  4. इन्द्रजित राई
  5. इन्द्रमती यादव
  6. इन्द्रावती अधिकारी
  7. इसलाममिया धोबी
  8. ईश्वरीप्रसाद दाहाल
  9. उमा कार्की विष्ट
  10. उमा गोठे
  11. उमा भुजेल
  12. एकराज भण्डारी
  13. ओनसरी घर्ती मगर
  14. कमला रोका
  15. कल्पानादेवी सुवेदी
  16. कुबेरबहादुर वली
  17. केशवप्रसाद नेपाल
  18. खिमलाल देवकोटा
  19. खुमा सुवेदी
  20. गमबहादुर श्रीस मगर
  21. गीता ठगुन्ना
  22. गोमा पाठ
  23. चन्द देवी
  24. चुनबहादुर थामी
  25. छिमी लामा
  26. ज्वालाकुमारी साह
  27. जगतप्रसाद यादव
  28. जुब्बा सोरेन
  29. जोखबहादुर महरा
  30. ताराकुमार घर्ती
  31. तुलबहादुर माझी
  32. दिनानाथ शर्मा
  33. दिलिप मर्हजन
  34. दुर्गाजयन्ती राई
  35. दुर्गीदेवी पासवान
  36. धर्मराज विक
  37. धीरेन्द्राकुमारी उपाध्याय
  38. ध्रुव आङदम्बे
  39. नन्दकुमार प्रसाईं
  40. नारायणप्रसाद पौडेल
  41. पट्टु थारु
  42. पदमलाल विश्वकर्मा
  43. परशुराम रम्तेल
  44. पार्वती रसाइली
  45. पूजा खनाल
  46. पूर्णबहादुर रादा
  47. प्रमिलादेवी यावद
  48. फरमुद नदाफ
  49. बाबुलाल पासवान
  50. विनोद पहाडी
  51. विमला केसी
  52. विमला मिजार
  53. वीरबहादुर तामाङ
  54. वीरेन्द्र जुहारचन
  55. बुधनीदेवी महतो
  56. भरतकुमारी रेग्मी
  57. भरतप्रसाद साह
  58. भीमप्रसाद गौतम
  59. भीष्म धिमाल
  60. महालक्ष्मी श्रेष्ठ
  61. मातृकाप्रसाद यादव
  62. माया चेपाङ
  63. मायाप्रसाद शर्मा
  64. मोहन वैद्य
  65. मोहमदसफिक मिया
  66. मंगल विश्वकर्मा
  67. यशोदा गुरुङ सुवेदी
  68. रामकुमार पासवान
  69. रामकुमार यादव
  70. रामबहादुर थापामगर
  71. रुपा विश्वकर्मा
  72. रेणु दाहाल
  73. रेणुका चौलागाईं
  74. ललिताकुमारी साह
  75. लक्ष्मी गुरुङ
  76. लक्ष्मीकुमारी चौधरी
  77. लिलादेवी मेहता
  78. लोकेन्द्र विष्ट मगर
  79. विश्वभक्त दुलाल ‘आहुति’
  80. विष्णुकुमारी राई
  81. शान्ता न्यौपाने
  82. शान्तीदेवी राजवंशी
  83. शारदा घिमिरे
  84. शिवराम यादव,सुशीला कन्दङवा
  85. सत्या पहाडी
  86. सत्यलाल मुल
  87. सञ्चपाल मादेन
  88. सन्तमाया तामाङ
  89. सन्तोष थारु
  90. सन्तोषी विश्वकर्मा
  91. सिद्धार्थकुमार सोमानी
  92. सीता पोखरेल
  93. सुकदैया चौधरी
  94. सुन्दरा थारु
  95. सुनिताकुमारी महतो
  96. सूर्यबहादुर सेन
  97. संघप्रसाद थारु
  98. हरिराम सिर्पाइली
  99. हलिना खातुन
  100. हिमकुमारी सुनुवार
  101. श्रामणेर आनन्द
  102. श्रीराम ढकाल
  103. ज्ञानेन्द्र कुमाल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर