newskoseli.Com

‘अमर ओमकला अक्षय कोष’ बाट विद्यार्थीलाई सहयोग

‘अमर ओमकला अक्षय कोष’ बाट रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं.  ४ मा अवस्थित श्री जनता आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको छ । विद्यालयका कक्षा १ देखि ८ सम्मका प्रथम, द्वितीय र तृतीय गरी २४ जना र अति विपन्न छात्रछात्राहरु ३० जना गरी जम्मा ५४ जनालाई कापी, कलम, झोला र विद्यालय पोशाक बितरण गरिएको हो ।

विद्यालय प्रांगनमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्रका प्रदेश प्रतिनिधि पूर्ण बहादुर ओलि ‘ज्वाला’, वडा नं. ४ का अध्यक्ष ओबिलाल बस्नेतसहित वडा सदस्य पूर्ण सुनारलगायतले विद्यार्थीहरुलाई पुरस्कार तथा सहयोग वितरण गरेका थिए ।

छात्र–छात्राहरुको पठन पाठनमा मनोबल बढाइ शिक्षामा गुणस्तर वृद्धि बिकास गराउने उद्देश्यले यस पुरस्कार तथा सहयोग वितरण गरिएको वडाअध्यक्ष बस्नेतले बताए ।

‘अमर ओमकला अक्ष कोष’ अध्यक्ष बस्नेतका स्वर्गीय बाबु आमाको नामबाट स्थापना गरिएको कोष हो ।

अध्यक्ष बस्नेतका भाई झपेन्द्र थापाको पहलमा बाग्मा स्थिती श्री सरश्वती प्राथमिक बिद्यालयमा वि.सं. २०७५ सालमा ५ लाख राशीको सो कोष खडा गरिएको हो । त्यसयता वर्षेनी बाल शिक्षा धनचौर र प्राथमिक विद्यालयमा सहयोग गर्दै आएको सो अक्ष कोषबाट यस वर्ष भने वडा नं. ४ भित्रका तीन वटा विद्यालयहरुका विद्यार्थीलाई सहयोग गर्न लागेको स्थानीय रुपलाल महराले जानकारी दिए । सोही वडाको कोइरालखर्कस्थित जनता आधारभुट बिद्यालय र सुलिचौरमा अवस्थित सूर्योदय मा.बि.का विद्यार्थीहरुलाई तिहारलगत्तै अक्षयकोषबाट छात्रवृत्ति तथा सहयोग गर्ने कार्यक्रम रहेको महराले जानकारी दिए ।

अायाेजित समारोहमा अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । पुरस्कार तथा सहयोग प्राप्त गरेपछि विद्यार्थीहरु निकै हर्षित बनेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर