newskoseli.Com

ट्रिटनमा नमूना मतदान सम्पन्न

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिइरहेको सन्दर्भमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत राजधानीको तीनकुनेस्थित ट्रिटन इन्टरनेसनल मावि/कलेजमा नमूना मतदान गरिएको छ ।

निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले विद्यार्थीहरुकै सहभागीतामा नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो । क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमूना मतदान कार्यक्रम व्यवस्थापक कमानसिंह आरसीले बताए ।

नमूना मतदानको सिलसिलामा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टाछुट्टै लाइनमा राखी मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिनेलगायतका विषयहरु सिकाइएको थियो ।

नमूना मतादनमा साँच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पूरा गरिएको नयाँबानेश्वर प्रहरी वृत्तका डीएसपी निशान्त श्रीवास्तवले बताए । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने र बदर मतको संख्या कम हुने उनको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर