newskoseli.Com

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेटवार्ता

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले शिष्टाचार भेट गरेका छन् । भारतीय सचिव कुमारले सोमबार मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् ।

भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव कुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सधैं तयार रहेको बताए । घनिष्ट छिमेकीका रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि सधैं सहकार्यको हात बढाएकामा उपप्रधानमन्त्री श्रेष्ठले खुसी व्यक्त गरे ।

भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल–वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा सञ्चालित केही सडक योजनाको प्रगतिबारे समेत उक्त भेटका क्रममा कुराकानी भयो । निर्माणाधीन बालाजु–त्रिशुली सडक र भालुबाङ–बाग्दुला–भीमगोठे सडक एक्जिम बैंकको लगानीअन्तर्गतका आयोजना हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर