newskoseli.Com

सवारी सुधारबारे अध्ययन गर्न कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी प्रदूषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को निर्णयानुसार पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलका सदस्यहरूमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पुल्चोक क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसूदन आचार्य र इन्जिनियर विजय गौतम रहेका छन् । यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधि र उपभोक्तामध्येका एकजना समेत कार्यदलको सदस्य रहने छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक कार्यदलको सदस्य–सचिव तोकिएका छन् । कार्यदलले अध्ययनको निष्कर्षलाई प्रतिवेदनका रूपमा पेस गर्ने जानकारी मन्त्रालयले दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर