newskoseli.Com

राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ प्रचण्डको ‘चालबाजी’ !

सातदलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने’ बताएको छ । इतिहासमै दुर्लभ घटनाक्रमका रुपमा प्रमुख प्रतिपक्षी दलबाट समेत विश्वासको मत पाएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो ।

तर, एमालेले भने माओवादी र प्रचण्डको यो प्रयासलाई ‘प्रधानमन्त्रीले गठबन्धनको सहमति बाहिर गएर पाँच वर्ष नै प्रधानमन्त्री हुने चालबाजी’ का रूपमा प्रचार गरेको छ । राष्ट्रपति एमालेकै हुने ठोकुवा गर्दै एमाले नेता विशाल भट्टराईले भने– ‘राष्ट्रपति एमालेकै हुन्छ । प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको बार्गेनिङ गर्न यो तुरूप फाल्नुभएको हो । गठबन्धनबाट हाम्रो राष्ट्रपति पक्का छ ।’

राष्ट्रपतिमा एमालेको उम्मेदवार को भन्ने विषयमा भने निर्णय गरिनसकेको भट्टराईले बताए । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकमा ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके मुद्दा मिल्नेहरूसँग सहकार्य गरेर जाने’ विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले ‘राष्ट्रपतिका लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने’ बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको पौडेलले बताएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर