newskoseli.Com

९ भन्दा बढी सन्तान जन्माउने ६१८० महिला : विवाहिताको विस्तृत तथ्यांक

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालमा ६ हजार १ सय ८० जना महिलाले ९ वा सोभन्दा बढी सन्तान जन्माएको देखिएको छ । यो तथ्यांक बच्चा जन्माउने उमेरका विवाहित महिलाहरुको ०.१ प्रतिशत हो । ९ वा सोभन्दा बढी सन्तान जन्माउने महिला उमेरगत दृष्टिले हेर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना, ३५ देखि ३९ वर्षसम्मका ७ सय ४३ जना, ४० देखि ४४ वर्षसम्मका १ हजार ९ सय ६० जना र ४५ देखि ४९ वर्षसम्मका ३ हजार ३ सय ७० जना छन् ।

८ वटासम्म बच्चा जन्माउने महिलाको संख्या भने ०.२ प्रतिशत अर्थात १४ हजार ३ सय ७८ छ । उमेरगत दृष्टिले हेर्दा ८ बच्चा जन्माउने महिलामा ३० देखि ३४ वर्षका ८ सय ५० जना, ३५ देखि ३९ वर्षका २ हजार ६ सय ६५ जना, ४० देखि ४४ वर्षका ४ हजार ४ सय ८५ जना र ४५ देखि ४९ वर्षका ६ हजार ३ सय ७८ जना छन् ।

त्यसैगरी, ७ जनासम्म बच्चा जन्माउने महिला ०.५ प्रतिशत अर्थात् ३३ हजार ६ सय ६० जना रहेका छन् । २० देखि २४ वर्षका १२ जना, २५ देखि २९ वर्षसम्मका ४ सय ८६ जना, ३० देखि ३४ वर्षका २ हजार ५ सय ३ जना, ३५ देखि ३९ वर्षका ६ हजार ७ सय २६ जना, ४० देखि ४४ वर्षकाका १० हजार १ सय ९४ जना र ४५ देखि ४९ वर्षका १३ हजार ७ सय ३९ जनाले ७ जनासम्म बच्चा जन्माएका छन् ।

जनगणनाको रिपोर्टअनुसार एउटासम्म पनि जीवित बच्चा नजन्माएका विवाहित महिलाहरु १२ प्रतिशत अर्थात् ७३ लाख ६४ हजार ४ सय ९९ जना रहेका छन् । जनगणनाका लागि तथ्याङ्क संकलन गर्ने बेला नेपालमा ६१ लाख ४५ हजार ३९ जना विवाहित महिला थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर