newskoseli.Com

कार्यव्यवस्था परामर्श समितिमा २१ जना, कुन दलबाट कति सदस्य ? (नामावलीसहित)

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति २१ सदस्यी हुने भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख र उपसभामुखसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका अतिरिक्त दलीय आधारमा निर्धारित संख्याका सांसदहरुले प्रतिनिधित्व गर्दछन् ।

यसरी दलीय आधारमा प्रतिनिधित्व हुने सांसदहरुको संख्या बुधबार निर्धारित भएको छ । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक तथा दलका प्रतिनिधिबीच भएको छलफलमा यससम्बन्धी सहमति जुटेको हो ।

बुधबारको सहमतिअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २ र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद कार्यव्यवस्था परामर्श समितिमा रहने भएका छन् । उल्लेखित दलबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट समेत १ जना सदस्य कार्यव्यवस्था परामर्श समितिमा रहने सहमति भएको छ ।

यी हुन् कार्यव्यवस्था परामर्श समितिका सदस्य

(नामावली, बिहीबारकाे अपडेट)

१. अजयकुमार चौरसिया

२. अनिता देवी

३. गंगाराम चौधरी

४. जीवन परियार

५. तारा लामा तामाङ

६. नागिना यादव

७. पदम गिरी

८. प्रदिप यादव

९. महेशकुमार बर्तौला

१०. मेटमणि चौधरी

११. रमेश लेखक

१२. रामप्रकाश चौधरी

१३. रामहरि खतिवडा

१४. रुपा सो.शी. (चौधरी)

१५. लिलानाथ श्रेष्ठ

१६. विद्या भट्टराई

१७. सन्तोष परियार

१८. सरिता प्रसाईं

१९. हितराज पाण्डे

२०. ज्ञानबहादुर शाही

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर