newskoseli.Com

यी हुन् विश्वका ४६ राजतन्त्रात्मक मुलुकहरू (नामावलीसहित)

संसारका विभिन्न देशमा अनेक खाले राजनीतिक व्यवस्था छन् । अघिल्लाे शताब्दीसम्म अधिकांश देशहरू राजतन्त्रात्मक शासन प्रणालीमा आधारित भए तापनि पछिल्लो शताब्दीमा भने क्रमशः राजतन्त्र उन्मूलन हुँदै गणतन्त्र स्थापना गर्ने क्रम बढेको देखिन्छ ।

ठीक यतिबेला भने संसारका ४६ देशमा राजतन्त्र कायम छ । राजतन्त्रात्मक मुलकुहरूमध्ये कतिपय निकै ठूलो भूगोल र जनसंख्यायुक्त मुलुक छन् भने कतिपयचाहिँ एकदमै सानो भूगोल र जनसंख्यायुक्त मुलुक पनि छन् । यतिबेलासम्म राजतन्त्र कायम रहेका मुलुकमध्ये केहीचाहिँ संसारभर निकै नाम चलेका र प्रभावशाली मानिएका मुलुक पनि छन् भने केहीचाहिँ यदाकदा मात्रै र विरलै नाम सुनिने मुलुक पनि छन् ।

यी हुन् राजतन्त्र कायम रहेका ४६ मुलुक

एन्टिगुवा र बार्बुडा, एन्डोरा, अस्ट्रेलिया, ओमान, कतार, कम्बोडिया, कुवेत, क्यानडा, ग्रेनेडा, जमैका, जापान, जोर्डन, टोँगा, डेनमार्क, तुभालु, थाइल्यान्ड, नर्वे, निदरल्यान्ड, न्युजिल्यान्ड, पपुवा न्युगिनी, बहराइन, बहमास, बेलायत, बेलिज, बेल्जियम, ब्रुनाई, भुटान, भ्याटिकन सिटी, मलेसिया, मोनाको, माल्टा, मोरक्को, युगान्डा, लक्जेम्बर्ग, लिचेन्स्टाइन, लेसोथो, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, सेन्ट किट्स र नेभिस, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, सेन्ट लुसिया, सोलोमन प्रायद्वीप, स्पेन, स्वाजिल्यान्ड, स्वातिनी र स्विडेन ।

शब्दसारथि हरि मञ्जुश्रीको सामाजिक सञ्जालमा प्रेषित विवरणमा आधारित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर