newskoseli.Com

राष्ट्रसंघीय उपमहासचिव चारदिने नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स मंगलबार (आज) नेपाल आउँदै छन् । राष्ट्रसङ्घीय शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स चारदिने भ्रमणको कार्यतालिकासहित नेपाल आउन लागेका हुन् ।

ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडका र परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । उनले प्रधानसेनापति तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा ल्याक्रोइक्सले विश्व शान्ति प्रक्रियामा नेपालले पुर्‍याएको योगदानबारे प्रशंसा गर्दै यससम्बन्धमा विस्तृत जानकारी लिने कार्यक्रम समेत रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा पठाउने मुलुकको सूचीमा दोस्रो स्थानमा र शान्ति सेनामा धेरै महिला सैनिक पठाउने देशका रुपमा नेपाल पहिलो नम्बरमा छ ।

विश्वमा शान्ति स्थापनार्थ नेपाल र नेपाली सेनाले अग्रणी भूमिका खेलेको भन्दै राष्ट्रसङ्घले उच्च प्रशंसा गर्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर