newskoseli.Com

‘कहाँ छ स्वर्ग’ : रामकृष्ण ढकाल र प्रगति महराको सुन्दर प्रस्तुति (भिडियोसहित)

चर्चित गायक रामकृष्ण ढकाल र जनवादी गायिका कुश्मा महरा ‘प्रगति’ को सुमधुर युगल स्वरमा सजिएको गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ हालै सार्वजनिक भएको छ ।

गीतकार पुरण क्षेत्रीको शब्दरचना र सन्तोष क्षेष्ठको संगीत सिर्जना एवं राजु कार्कीको संगीत संयोजनमा संरचित यस गीतले आफ्नै जन्मभूमि स्वर्ग समान छ, हामीभित्रै खुसी र सुख छ तैपनि हामी तिनै कुरा खोज्न भौंतारिइरहेका छौं भन्ने कथालाई उजागर गरेको छ । खुसी खोज्ने दौडमा आफैंभित्र लुकेको खुसीलाई समाजले महसुस गर्न नै छाडिसकेको भाव यस गीतले बोल्दछ ।

पूर्वमेयर समेत रहेका रचनाकार क्षेत्रीले मानव जीवनका समसामयिक घटना, परिवेश र सन्दर्भलाई गीतमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेका छन् । उनका तिनै शब्दमा गीतलाई उनिएको गायक ढकाल र गायिका महराको सुमधुर स्वरले जीवन्त र उत्कृष्ट बनाएको छ ।

‘गोल्डेन क्रियसन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतलाई दर्शकहरुले निकै रुचाएको गायिका महराले न्युजकोसेलीलाई बताइन् । गीतको लोकर्पणकै क्रमदेखि दर्शकदीर्घबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै आफूले पछिल्लो समयमा गाएका गीतहरुमध्येमा यही गीन उत्कृष्ट लागेको गायिका महराले बताइन् ।

दिल समर्पणले रेकर्डिङ, कुलदीप न्यौपाने र नविन लोचनले दृश्यांकन/छायांकन तथा विष्णु न्यौपाने र सुन्दर पाण्डेले श्रब्यदृश्य सम्पादन गरेको यस गीतको भिडियाे पनि आकर्षक र मार्मिक छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर