newskoseli.Com

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा आफ्नो प्रस्तुति प्रस्तुत गरे ।

कार्यक्रममा नेपालका राष्ट्रप्रमुख अर्थात् राष्ट्रपति रामचन्द्र पौडेल तथा कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मुलुकका थुप्रै लब्धप्रतिष्ठित पदाधिकारी तथा आम सर्वसाधारण नागरिकले दर्शकका रुपमा प्रत्यक्ष सहभागिता जनाए । कलाकार गजुरेलको उक्त मार्मिक एवम् भावुक प्रस्तुतिको भिडियो रेकर्डिङ युट्युबमा पनि उपलब्ध छ ।

‘शहीद’ बनेका मनोज गजुरेलको प्रस्तुति हेर्नोस् तलको भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर