newskoseli.Com

२८ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न

हालै पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ माघ ९ को निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा २५ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ८ को निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा २८ जना प्रहरी अधिकृतहरूको पदोन्नति भएको थियो ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जयसिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल तथा प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठ रहेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र संगठनको वृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सकारात्मक सोच र ऊर्जाका साथ नागरिकको सेवा र संगठनको हितमा कर्तव्यनिष्ठ भई आ–आफनो जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरू उपस्थित रहेको खबर प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले सम्प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर