newskoseli.Com

रिहा भए माओवादी नेता माइला र विद्यार्थी नेता चिरञ्जीवी

प्रहरीले राजधानीको कपनबाट शनिबार साँझ पक्राउ गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामासहितका नेता–कार्यकर्तालाई सरकारले आइतबार दिउँसो रिहा गरेका छ ।

नयाँबानेश्वर प्रहरी वृत्तले नेता लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाललाई रिहा गरेको हो । रिहा भइसकेपछि लामाले आफ्नो रिहाइका निम्ति दबाव दिने र पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘प्रिय मित्र/कमरेडहरु, मेरो गिरफ्तारीको विषयमा सर्वत्र चिन्ता–चासो एवम् निःशर्त रिहाईका लागि आ–आफ्नो क्षेत्रबाट पहल/दबाव सिर्जना गर्ने मित्र/कमरेडहरु, जनकलाकार तथा आम जनसमुदायलाई हार्दिक धन्यवाद एवं हृदयदेखि उच्च सम्मान व्यक्त गर्दछु ।’

केन्द्रीय सदस्य लामा र विद्यार्थी नेता ढकाललाई रिहा गर्न माग गर्दै चन्द माओवादी उपत्यका ब्युरोले मशाल जुलुसलगायतका कार्यक्रम घोषणा गरेको थियो । सो पार्टीका अर्का केन्द्रीय नेताले भने– ‘हामीले आन्दोलनको चेतावनी दिएपछि कमरेडहरुलाई रिहा गर्न गृह मन्त्रालय र प्रहरी प्रशासन बाध्य भयो ।’ आफ्ना नेता रिहाइको माग गर्दै माओवादी कार्यकर्ताले बानेश्वरस्थित प्रहरी वृत्त घेराउ गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर