newskoseli.Com

विनाशकारी भूकम्पपछिकाे काभ्रेपलाञ्चाेक

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले काभ्रेमा ३ सय ७२ जनाको मृत्यु भएको थियो, जसमध्ये ४९ जना जिल्ला बाहिरका छन् ।  यीमध्ये ३ सय ३४ जनाले मात्रै सरकारले उपलब्ध गराएको १ लाख रुपैयाँ किरिया खर्च प्राप्त गरेको तथ्यांक छ ।

भूकम्पमा परी काभ्रेमा ज्यान गुमाउनेमा महिला १३०, पुरुष ८०, बालक ४९, बालिका ५९ रहेका छन् । यस्तै भूकम्पबाट काभ्रेमा  १४ हजार ८ सय ४३ जना  घाइते भएकोमा २ सय जति अझै उपचार गराइरहेका छन् ।

धुलिखेल अस्पतालमा ८ सय २८, शिर मेमोरियलमा ३ सय ५२, स्पाईनल इन्जुरी साँगामा १ सय ५०, १४ वटा शिविर तथा १७ वटा उपस्वास्थ्य चौकीमा गरी १३ हजार ५ सय १३ जनाको उपचार भएको थियो । स्पाईन इन्जुरी लगायतका स्थानमा अझै केहि विरामी उपचार गराइरहेको तथ्यांक रहेको छ ।

भूकम्पपछि २ सय ३७ जनाको जिवितै उद्दार गरिएको थियो भने ४ सय ९६ वटा प्राणी उद्दार गर्नुका साथै ४ हजार ७६ जना विरामी उद्दार गरिएको तथ्यांक रहेको छ । यस्तै २८ वटा अवरुद्ध सडक संचालन र ३१ वटा स्वास्थ्य केन्द्र संचालन भएको तथ्यांह रहेको छ । भुकम्पबाट काभ्रेमा  ८३ हजार २ सय २४ घरधुरीले घर क्षति भएको भन्दै सरकारले वितरण गरेको २५ हजार राहत बुझेका छन् । जनगणना २०६८ मा ८० हजार ७ सय २० घर धुरी कायम भएको छ । अझै पनि जिल्लामा २० हजार भन्दा धेरै घरहरु बस्न लायक छन् ।

विनाशकारी भूकम्पबाट काभ्रेमा सरकारी कार्यालयतर्फ ३१ वटा पुर्ण, २७ वटा सामान्य र ११ वटा आंशिक क्षति भयो । यो ३२ करोड ५७ लाख ३८ हजार ५ सय ५७ रुपैया बराबरको क्षति भएको सरकारको मुल्यांकन रहेको छ ।

यसैगरी सामुदायिक भवनः ४८ वटा, सहकारी भवनः ७ वटा, गुम्बाः २५ वटा, रेडक्रस भवनः ३ वटा, लघु जलविद्यूत्तः ३७ वटा, मन्दिरः  ६७ वटा, दुध चिस्यान केन्द्रः १ वटा क्षति भएका छन् भने सामुदायिक विद्यालयतर्फ ३१७ वटा पूर्ण  र १ सय ५८ आंशिक क्षति भएका छन् ।

स्वास्थ्यतर्र्फ ३७ वटा बर्थिङ्ग सेन्टर, ४३ वटा स्वास्थ्य÷उपस्वास्थ्य चौकी, १ वटा प्राथमीक उपचार केन्द्र तथा आंिशक क्षतिमा २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५१ वटा स्वास्थ्य चौकी र १८ वटा बर्थिङ्ग सेन्टर  रहेका छन् । यस्तै प्रहरी चौकीः ३० वटा क्षतिग्रस्त भएका थिए ।

कृषितर्फ १ अरव ३५ करोड ८२ लाख ५० हजारको क्षति हुँदा ६ सय ५२ वटा खानेपानी आयोजनामा १ अरव ८७ करोड ३२ लाख ७३ हजार १२ रुपैया क्षति पुगेको छ । यस्तै सरसफाई तर्फ २२ हजार ५ सय २ शौचालय, ६४ हजार ६ सय ८ वटा पक्कि शौचालय  र अन्य सामान्य समेत गरी २ अरव भन्दा धेरै क्षति भएको थियो । यस्तै पुश सेवा केन्द्रतर्फ ८३ लाखको भवन क्षति भयो भने पशुपँक्षीतर्फ १८ करोड २० लाख १४ हजारको क्षति भएको तथ्यांक रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर